दुई वटा संसदीय समितिको बैठकमा के छ एजेन्डा ?

बुधबार, असोज २, २०८१

संघीय संसदअन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार आज अर्थ समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा समितिको आन्तरिक छलफल हुनेछ । यस्तै, बिहान ११ बजे नै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरू महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र सिक्टा सिँचाई आयोजनाको हालसम्मको कार्य प्रगति अवस्था (वित्तीय र भौतिक), प्रमुख सवाल, समस्या, भावी कार्ययोजनाबारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्