प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

बुधबार, असोज २, २०८१

प्रधानमन्त्री केपी ओलीले आज (बुधबार) मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (सिंहदरबार) मा साँझ ५ बजे बस्नेछ। 

बैठकमा मन्त्रालयका नियमित एजेन्डालगायत विषयमा छलफल हुने बताइएको छ। त्यस्तै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका विषयमा निर्णय हुने बुझिएको छ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्