आज पनि घट्यो नेप्से, कति भयो कारोबार ?

बुधबार, असोज २, २०८१

यो साताका लागि अन्तिम कारोबार दिन बुधबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक ४ अंक घटेपछि २५७६ मा कायम भएको छ ।

बजारमा कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६६ करोडमै खुम्चियो । कारोबार रकम घट्नुले अब बजारमा बिक्री गर्नेहरू संयम हुन थालेको जनाउँछ ।

यस दिन दुई सेक्टर मात्रै बढे । बैंकिङ समूह ११ अंक तथा निर्जीवन बीमा २० अंक बढे । अरु सबै समूहगत सूचक घटेका छन् । विकास बैंक ६, फाइनान्स ८३, होटल तथा पर्यटन ८, हाइड्रोपावर ५, जीवन बीमा ३९, उत्पादन ५७, माइक्रोफाइनान्स ५३, अन्य १२ र व्यापार समूह २० अंक घटे ।

कालिका लघुवित्तको मूल्य ८ प्रतिशत बढ्यो । स्वरोजगार लघुवित्तको ७.९, रावा इनर्जीको ७.३, भूगोल इनर्जीको ७, सुपरमाइ हाइड्रोपावरको मूल्य ६ प्रतिशत बढ्यो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्