देउवा र ओलीको बाहुलीमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा

बुधबार, असोज २, २०८१

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलको प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ ।

बुधबार साँझ कार्यदलका सदस्यहरूले सिंहदरबार पुगेर प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन् ।

आजैमात्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यूनतम साझा कार्यक्रम चाँडै सार्वजनिक हुने बताएका थिए ।

कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि सार्वजनिक गर्ने तयारी छ ।

न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलमा  कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल थिए ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:०४
प्रतिक्रिया दिनुहोस्