रास्वपाले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने

बुधबार, असोज २, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् । काठमाडौँमा जारी राष्ट्रिय भेलामा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै सो प्रस्ताव गरेका हुन् ।

लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् । मंगलबारबाट सुरु भएको सो भेला महाधिवेशनको मिति तय गरेसँगै आज सकिएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:१६
प्रतिक्रिया दिनुहोस्