चार सचिवको सरुवा हुँदा कालो कांग्रेस भनेर चिनिने सचिवले उर्जा मन्त्रालय पाए

बुधबार, असोज २, २०८१

आज बुधबार बसेको क्याबिनेटले चार सचिवको सरुवा गरेको छ। प्राविधिक क्षेत्रका छर सचिवको सरुवा भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र वन तथा वातावरण मन्त्रालयका सचिव फेरिएका हुन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपक कुमार खराललाई वन तथा वातावरण मन्त्रालय र त्यहाँका सचिव डा. गोविन्द प्रसाद शर्मालाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको हो । कृषी र वन मन्त्रालयका सचिव त्यहाँ बाहेक अन्यत्र सरुवा हुनै सक्दैनन्। 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका उर्जा हेर्ने सचिव गोपाल प्रसाद सिग्देललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा र त्यहाँका सुरेश आचार्यलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको उर्जा हेर्ने सचिवमा लगिएको छ । आचार्य केही समय अघि मात्र खानेपानी मन्त्रालयबाट सरुवा भएका थिए। कालो कांग्रेस भनेर चिनिने आचार्यलाई उर्जा मन्त्री खड्काले एक साता जिल्ला घुमाएर ल्याएका थिए। 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्