डाक्टर सचिवको संख्या थपियो, पोखरेललाई सरकारले सचिवमा उकाल्यो 

बुधबार, असोज २, २०८१

असोज २ गते बसेको क्याबिनेटले सहसचिवलाई सचिवमा बढुवा गरेको छ। सहसचिव डा. कमल प्रसाद पोखरेल सचिवमा बढुवा भएका हुन्। 

शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, रघुराम विष्ट र बाबुराम अधिकारीको नाम सिफारिस गरेको थियो । यस अघि पनि पोखरेल पहिलो नम्बर मै सिफारिश भएर पनि सचिव बढुवा भएका थिएनन्। 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्