उप्रेतीको जोडबलमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्झियो, कसले के भने ?

बिहीबार, असोज ३, २०८१

चिनियाँ राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहको आयोजना गरिएको छ। ५ वर्ष पुरा भएको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रम कार्यक्रममा नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा कुरामा वक्ताहरूले जोड दिएका छन् । 

कार्यक्रममा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालको विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको समेत उनले बताए ।

राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले  नेपाल र चीनबिच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था तत्काल गर्नुपर्नेमा जोड दिए । उनले नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनसक्ने बताए ।

पूर्वमन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबिच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  शङ्कर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहु आयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्नेमा जोड दिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा डा.विक्रम तिमल्सिनाले ‘बिआरआइ’बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गरेका थिए । राष्ट्रले गर्नु पर्ने काम र कुटनीतिलाई पछिल्ला दिनमा अध्यक्ष उप्रेतीले गर्दै आएका छन्।  समाजसेवी उप्रेती राजनीतिमा पनि सक्रिय व्यक्ति हुन्। 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्