आइएमई लाइफ इन्स्योरेन्सले कति दिने भयो लाभांश ?

बिहीबार, वैशाख २०, २०८१

आइएमई लाइफ इन्स्योरेन्सले ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीलाई मानक बनाएर लाभांश दिने घोषणा गरेको हो। 

कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.५० प्रतिशत नगद लाभांश दिन प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने इन्स्योरेन्सले प्रष्ट पारेको छ। 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्