सोसल मिडिया
युनिकोड
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आयोजना गरेको गुम्बा व्यवस्थापन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।
गुम्बाहरूको उचित व्यवस्थापन, संरक्षण तथा धार्मिक गतिविधिहरूको प्रभावकारी समन्वयका लागि सहभागीहरूलाई आवश्यक सीप र ज्ञान प्रदान गर्नु तालिमको मुख्य उद्देश्य रहेको समितिले बताएको छ।
काठमाडौंको होटेल रोयल एयरपोर्टमा दुई दिनसम्म संचालित तालिममा देशभरका करिब ४४ गुम्बा स्थानीय गुम्बा व्यवस्थापक, धार्मिक गुरुहरू र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तालिममा समितिका कार्यकारी निर्देशक होम दोङले गुम्बाबाट आएका ज्ञानलाई समुदायसँग जोडिनुसँगै आ-आफ्नो गुम्बाको आन्तरिक व्यवस्थापन चुस्त र दुरुस्त गर्नुपर्ने बताएका थिए ।
तालिममा रामबाबु सापकोटा, विनिता भण्डारी, सन्जिवकुमार लामा, गंगाकुमारी गुरुङ र योजना अधिकृत सन्जु योङ्ग्याले गुम्बा व्यवस्थापनमा आइपरेका समस्या र गतिविधिहरुबारे प्रशिक्षण दिएका थिए ।
तालिममा गुम्बाको ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्त्वबारे प्रकाश पार्दै गुम्बा व्यवस्थापनको चुनौतीहरूबारे जानकारी दिएका थिए। यस्तै तालिमले गुम्बा सञ्चालनका लागि आवश्यक स्रोतसाधनको व्यवस्थापन, आर्थिक पारदर्शिता तथा धार्मिक गतिविधिहरूको व्यवस्थापनमा विशेष जोड दिएको थियो।
कार्यक्रममा सहभागीहरूले गुम्बाको दैनिक प्रशासनिक काम, संरचनागत मर्मत, धार्मिक गतिविधिहरूको समय तालिका र सामुदायिक सहभागिताबारे विस्तृत छलफल गरेका थिए। साथै, सहभागीहरूले गुम्बा व्यवस्थापनमा देखापरेका समस्याहरूको समाधानका लागि विभिन्न उपायहरूको प्रस्ताव गरेका थिए।