एमाले–माओवादीलाई विश्वास गरे देश सफल नहुने सिटौलाले सुनाए निचोड

शनिबार, असोज ५, २०८१

नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले एमाले–माओवादीले देखाएको बाटोमा हिँडेर देश सफल नहुने बताएका छन् ।

शनिबार कांग्रेस झापा–काठमाडौ सम्पर्क समितिको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले एमाले–माओवादीलाई बाटो देखाउन सक्दामात्रै देश सफल हुने बताएका हुन् ।

‘म के भ्रममा छैन भने, चाहे माओवादीसँग हाम्रो सहकार्य हुँदाको अवस्था होस्, चाहे एमालेसँगको सहकार्यको अवस्थामा होस्, उनीहरुले देखाएको बाटोमा हिँडेर नेपाल सफल हुन्छ भन्ने मलाई चाहीँ किमार्थ विश्वास छैन । हामीले देखाएको बाटोमा उहाँहरु डिँड्नुभयो भने नेपाल सफल हुन्छ,’– उनले भने ।

नेता सिटौलाले एमाले–माओवादीलाई बाटो देखाउने गरी कांग्रेसले रणनीति तयार गर्नुपर्ने बताए । संविधान संशोधन, देशको आर्थिक प्रगति र वैदेशिक सम्बन्धको क्षेत्रमा कांग्रेसले देखाएको बाटोमै देश हिड्न आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २१:१९
प्रतिक्रिया दिनुहोस्