प्रधानमन्त्री ओलीले भेटे राष्ट्रसङ्घका महासचिव गुटेरेस

आइतबार, असोज ६, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ। 

संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन्। उनले ग्यास हाउस अन पार्कमा आयोजित  संसदीय मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गरेका छन्। ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा सम्बोधन गर्ने कार्यक्रम छ। 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्