चीन पुगे लगत्तै रवि लामिछानेले स्वर्णिम सहितका नेतालाई किन बोलाए फिर्ता ?

आइतबार, असोज ६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चीन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चीन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो । रवि प्रहरीको उच्च निगरानीमा छन्।  

हिजो राति मात्र उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेको नेतृत्वमा रहेको १४ सदस्यीय टोली मध्यराति पौने १२ बजे चाइना साउदर्नको उडान नम्बर सीजेड ३०६८ मा ग्वाङ्चौतिर गएको थियो ।

सहकारी छानबिन समितिका सदस्य समेत रहेका सांसद शिशिर खनाल,डा. तोसिमा कार्की,मनिष झा,असिम साह,शिव नेपाली,गणेश पराजुली सहितको टोली चीन उडेको हो । सांसद बाहेक केन्द्रीय सदस्यहरु बासुमाया तामाङ,निशा मेहता,पुकार बम,लिमा अधिकारी, प्रकाश विष्ट,तपेश्वर यादव र खुश्बु सरकार श्रेष्ठ पनि टोलीमा छन् । सबैलाई तत्काल फिर्ता आउन भनिएको छ। 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्