सोसल मिडिया
युनिकोड
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटघाट भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दुई अध्यक्षबीच कुराकानी भएको हो।
उपनिर्वाचनको समीक्षा र बजेट अधिवेशनका विषयमा छलफल भएको ओली निकट श्रोतले बतायो। माधव नेपाल रिसाएका बिषयमा समेत छलफल भएको बुझिएको छ । पछिल्लो समय माधव नेपाल सरकारविरुद्ध निरन्तर असन्तुष्टि प्रकट गर्दै आएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र गृहमन्त्रीका सवालमा समेत कुराकानी भएको बुझिएको छ। ओली संग भेटेपछि प्रचण्डले क्याबिनेट डाकेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः४० बजे पुगेका ओली दिउँसो १ः५३ बजे भेटवार्ता सकेर बाहिरिएका थिए । बजेट अधिवेशन वैशाख २८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्न दुबै नेता राजी भएका छन् ।