नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते

मंगलबार, असोज ८, २०८१

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज विहान आरजे १४ पिसी ३५४५ नम्बरको बस आफैँ अनियन्त्रित भएर सडकमा पल्टिएको थियो । बस पल्टिँदा बसका  २३ जना यात्रु घाइते भएका छन् । बसमा करिब ४५ जना यात्रु सवार रहेकामा अन्य यात्रु भने सकुशल रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए। घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको उनले बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०८:०९
प्रतिक्रिया दिनुहोस्