प्रधानमन्त्री अमेरिकामा हुँदा उपप्रधानमन्त्री चीन पुगे

मंगलबार, असोज ८, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्न अमेरिकाको भ्रमणमा रहेकै बेला उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भने सोमबार राती चीन पुगेका छन् ।

संयुक्त राष्ट्रसंघीय महासभाको साइडलाइनमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री तथा अमेरिकी अधिकारीहरूसँग भेटघाट गरिरहेका छन् ।

यता पौडेल भने चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा बेइजिङ पुगेको बताइएको छ । पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेल शनिबार मात्र नेपाल फर्कनेछन् ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्