शेयर बजार उच्च अङ्कले घट्यो, कति भयो कारोबार ?

मंगलबार, असोज ८, २०८१

शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । सोमबार ५९ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५८ दशमलव ९३ अङ्कले घटेर दुई हजार चार सय ७० दशमलव ३९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्