सोसल मिडिया
युनिकोड
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर गरेका छन्। सोमबार गृस प्रस्थान गर्नुअघि नै महानिरीक्षक कुंवरले गरेको सरुवाको निर्णय प्रहरी प्रधान कार्यालयले मंगलबार बेलुका सार्वजनिक गरेको छ।
प्रहरी प्रधान कार्यालयले सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्स्कीमा पनि प्रहरी प्रमुख हेरफेर गरेको छ। त्यहाँ कार्यरत एसपी मोहनकुमार थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन अनुगमन ईकाई नक्सालमा सरुवा गरिएको छ।
कास्कीको प्रहरी प्रमुखको जिम्मेवारी श्यामबाबु ओलियाले पाएका छन्। उनी सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको मानवस्रोत व्यवस्थापन महाशाखा धनगढीमा कार्यरत थिए।
यस्तै भक्तपुरसहित अरु १५ जिल्लामा पनि प्रहरी प्रमुख हेरफेर गरिएको छ। दाङमा अर्जुनप्रसाद तिमिल्सिना, बर्दियामा केदार खनाल, सिन्धुलीमा गोबिन्दराज काफ्ले, सप्तरीमा ढकेन्द्र खतिवडा, कपिलवस्तुमा निरञ्जनदत्त भट्ट, इलाममा प्रभु ढकालकै सरुवा कायम गरिएको छ।
यस्तै डोटीमा बिनोद शर्मा, मकवानपुरमा विश्वराज खड्का, तनहुँमा विरेन्द्रबहादुर शाही, भक्तपुरमा माधवप्रसाद बुढाथोकी, पूर्वी नवलपरासीमा यादब ढकाल, सिरहामा रमेश पण्डित सरुवा भएका छन्।
धनकुटामा श्याम सिंह चौधरी, सुनसरीमा सुमनकुमार तिम्सिनालाई सरुवा गर्दा उदयपुरमा हरिहरनाथ योगीको सरुवा कायम गरिएको छ। उनी यसअघि नै त्यहाँ कागजमा खटिएका थिए।
प्रहरी प्रधान कार्यालयले एकसाथ ४१ जना एसपीको सरुवा गरेको हो। जिल्ला इन्चार्जमा खटिएको एक वर्ष पुगेका एससपीहरु सरुवा भएर नयाँलाई पठाइएको हो।
त्यस्तै नेपाल प्रहरीका १४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को एकसाथ सरुवा गरिएको छ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सोमबार १४३ डीएसपी र ४१ जना एसपीको सरुवा गर्ने निर्णय गरेका हुन्। उक्त निर्णय अनुसार सरुवा भएका प्रहरी अधिकारीहरुको सूची प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको हो।
डीएसपी सरुवाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।