सोसल मिडिया
युनिकोड
घर जान लागेका प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै नेपाल बार एसोसिएसन विरोधमा उत्रिएको छ ।
बुधबार बार परिसर रामशाहपथमा विरोध सभा गर्दै नेपाल बारले गैरसंवैधानिक संशोधित नियमावली बमोजिम न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिएको छ ।
पटक पटक ध्यानाकर्षण गराउँदा पनि घर जान लागेका प्रधानन्यायधीश श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न लागेको भन्दै बारले विरोध सुरु गरेको हो ।
न्यायाधीशहरूको वरीयतालाई उथलपुथल पार्दै न्यायपरिषद्को गरिमालाई घटाउने कुनै काम नगर्न बारले प्रधानन्यायाधीश श्रेष्ठलाई भनेको छ।
बारले न्याय परिषद् नियमावलीमा भएको गैरसंवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्नुपर्ने पनि माग राखेको छ ।
विरोधसभालाई सम्बोधनका क्रममा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले घर जान लागेका प्रधानन्यायधीले हिसाब किताब मिलाउन खोजेको आरोप लगाए ।
उनले हिसाब किताब मिलाउनैका लागि असोज २० गते अवकाशमा जान लागेका प्रधानन्यायाधीशले लागि छिटोछिटो न्यायाधीश नियुक्त गर्न लागेको आशंका उनले गरेका छन् ।
नियमावली संशोधनको विवाद यथावत राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्ने भन्दै उनले गैरसंवैधानिक कामलाई बारले हेरेर बस्न नसक्ने स्पष्ट पारे ।