धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि अगाडि बढ्यो, को हुन्छ ?

बिहीबार, असोज १०, २०८१

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया फेरि अगाडि बढेको छ ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले आवेदन दिएर संक्षिप्तसूचीमा परेका तर अन्तरवार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतिमा नआएका तीन जना उम्मेदवारलाई फेरि अन्तर्वार्ताका लागि बोलाएको हो ।

समितिले आज सूचना जारी गरी यसअघि अन्तरवार्ता र प्रस्तुतीकरण प्रक्रियामा सहभागी नभएका कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ र नवराज अधिकारीलाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि बोलाएको छ ।

असोज १८ गते बिहान १० बजे अर्थ मन्त्रालय सिंहदरबारमा उनीहरूलाई बोलाइएको सूचनामा उल्लेख छ छ ।

संक्षिप्तसूचीमा परेका दुई उम्मेदवारहरू मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको अन्तर्वार्ता र प्रस्तुतीकरण यसअघि नै भइसकेको छ ।

गत पुस २० गतेदेखि बोर्डमा अध्यक्ष पद खाली छ । रमेश हमालको कार्यकाल सकिए पछि अध्यक्ष नियुक्त हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । समितिले फागुन १६ गते अध्ययनका लागि आवेदन आह्वान गरेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए ।

ती आवेदकहरूमध्ये पाँच जनाको नाम अन्तर्वार्ता तथा प्रस्तुतीकरण प्रक्रियाका लागि छनोट गरिएको थियो । तर योग्य पार्टी निकटलाई संक्षिप्तसूचीमा पारिएको भन्दै विरोध हुँदै आएको छ ।

असार २ गते उनीहरूलाई दोस्रोपटक अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर अन्तरवार्तामा बोलाइएका तीन उम्मेदवारले अन्तर्वार्ताको प्रक्रिया नै बहिस्कार गरेका थिए ।

धितोपत्र बोर्ड ऐनले अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । तर, दुई जना मात्रै प्रक्रियामा सहभागी भएपछि सिफारिस प्रक्रियामा कानुनी झन्झट आएको हो । त्यसपछि समिति नै पुनर्गठन गरिएको थियो ।dhitopatra_6Hc4DQbvFr-1727332061.webp

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्