देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

बिहीबार, असोज १०, २०८१

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। पार्टी सभापति शेरबहादुर देउवाले असोज १३ गते बस्नेगरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिए। 

बैठक देउवाको निवासमा बस्नेछ। समसामयिक विषयमा छलफल गर्न उनले असोज १३ गते दिउँसो २ बजे बैठक बोलाएका हुन्। 

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरू छन्।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्