तीन जिल्लामा नयाँ सिडिओ, २४ उपसचिवको सरुवा

बिहीबार, असोज १०, २०८१

गृह मन्त्रालयले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए ।

यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् ।

यसैगरी मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ ।saruwa-1-1727365464.jpgsaruwa-2-1727365465.jpg
saruwa-3-1727365466.jpg
saruwa-4-1727365471.jpg
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्