सोसल मिडिया
युनिकोड
भारतका प्रधानन्यायाधीश धनञ्जय यसवन्त चन्द्रचूड आज काठमाडौ ओर्लिने पक्का भएको छ।
यताका प्रधानन्यायाधी विश्वम्भरप्रसाद श्रेष्ठले डाकेपछि उताका प्रधानन्यायाधीश किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुन काठमाडौ आउने भएका हुन् ।
भारतका प्रधानन्यायाधीश चन्द्रचूड आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम छ। वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराई उनलाई लिन पुग्नेछन् ।
किशोर न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी शनिबार काठमाडौंमा हुनेछ । भारतका प्रधानन्यायाधीश त्यही कार्यकममा सामेल हुँदैछन् ।