देउवाले १३ गते २ बजे बोलाएको बैठक ९ बजेलाई सारे

शुक्रबार, असोज ११, २०८१

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय सारिएको छ। 

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार अब केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज १३ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने छ।

यसअघि सोही दिन र सोही स्थानमा तर दिउँसो २ बजे बस्ने भनिएको थियो। बैठकमा सहभागिताका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्