खराब मौसमका कारण हवाई उडान प्रभावित

शुक्रबार, असोज ११, २०८१

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने पोखरा, सुर्खेत, भरतपुरलगायतका गन्तव्यमा उडान हुन सकेको छैन । सबैभन्दा बढी उडान गर्ने बुद्ध एअरले बिहानैबाट उडान गर्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए ।

यद्यपि पश्चिममा धनगढी, नेपालगन्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडान भइरहेका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । यसअघि हिजो बिहीबार पनि खराब मौसमका कारण हवाई उडान प्रभावित भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्