लगातार वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु

शनिबार, असोज १२, २०८१

बिहीबारदेखिको लगातार वर्षाका कारण काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनीहरू बाढी, पहिरो र घर भत्किँदा मृत्यु भएको हो । काठमाडौँमा ४ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

यस्तै, भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकमीले उद्धार गरेका छन् ।

यस्तै, धनकुटामा २ जनाको मृत्यु छ भने २ जना बेपत्ता भएका छन् । पाँचथरमा २ जनाको मृत्यु भएको छ भने काभ्रेमा ३ जना, धादिङमा १ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ । अझै वर्षा नरोकिएकाले ठुलो जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्