सोसल मिडिया
युनिकोड
हाल कोसी, मधेस र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
अनि कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। साथै मधेस प्रदेशलगायत कोसी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज राति काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। राति काठमाडौँ उपत्यकामा मध्यमदेखि भारी वर्षा हुने सम्भावना ८० प्रतिशत रहेको महाशाखाले जनाएको छ।