प्रधानमन्त्री ओलीले लक्जेम्बर्गका प्रधानमन्त्री फ्रिइडेन भेटे 

शनिबार, असोज १२, २०८१

प्रधानमन्त्री केपी शर्मा ओली र लक्जेम्बर्गका प्रधानमन्त्री लुक फ्रिइडेनबीच आज भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज अमेरिकाको न्युयोर्कबाट हावर्ड विश्वविद्यालयको कार्यक्रमका लागि बोस्टन आएका प्रधानमन्त्री ओली र लुकबीच भेटवार्ता भएको हो ।

उनीहरुबीच दुईपक्षीय सम्बन्ध विस्तार र भविष्यको सहयात्राबारे छलफल भएको थियो ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्