सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगीको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व डीआइजी छविलाल जोशीलाई पक्रेकोबारे आपत्ति जनाएको छ।
आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक प्रवक्ता मनिष झाले जोशीलाई प्रक्रिया नपुर्याए समातिएको भन्दै आपत्ति जनाए ।
‘छविजीलाई जुन प्रक्रियाले पक्रेको छ त्यसको विरोध छ । प्रक्रिया मिलेन । कुन आधारमा पक्रेको हो‚’ उनले भने‚ ‘ बिदाको दिन उहाँको बयान लिएको छैन । तर‚ कुनै सञ्चारमाध्यमले लेखिदिन्छ । भोलिपल्ट कुनामा सानो लेखेर माफी माग्छ तर‚ड्यामेज हाम्रो भएको हुन्छ ।’
गत आइतबारबाट जोशी प्रहरीको हिरासतमा छन् । सहकारीमार्फत ८५ करोड रुपैया गोरखा मिडियामा लगेर अपचलन गरेको आरोप उनीमाथि रहेको छ । संसदीय छानबिन समितिले छविसहित रास्वपाका सभापति रवि लामिछानेलाई पनि कारबाहीको सिफारिस गरेको छ । तर, लामिछाने पक्राउ परेका छैनन् । लामिछानेलाई पक्राउ गरे प्रतिवादमा उत्रिने रास्वपाले यसअघिनै चेतावनी दिईसकेको छ ।