हुनेवाला प्रधानन्यायाधीश राउतविरुद्ध आधा दर्जन उजुरी

सोमबार, असोज १४, २०८१

प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध ६ वटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिले दिएको १० दिने समयसीमा (हिजोसम्म) प्रधानन्यायाधीशमा सिफारिस भएका राउतविरुद्ध ६ वटा उजुरी परेको हो ।

गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो । तयसपछि असोज ३ गते बसेको समितिको बैठकले प्रधानन्यायाधिश र दुई देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको थियो ।

जसमा तोकिएको समयभित्र प्रस्तावित प्रधानन्यायाधिशविरुद्ध ६ र २ वटा राजदूत विरुद्ध उजुरी परेको समिति सचिवालयले जनाएको छ । ती उजुरीमाथि आज दिउँसो १ बजे बस्ने समितिको बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्