भाटभटेनीका अध्यक्ष मीनबहादुरले बाढीपिडितलाई दिए १ करोड ११ लाख

सोमबार, असोज १४, २०८१

भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा परोपकारी मीनबहादुर गुरुङले बाढी तथा पहिरो पीडितको लागि सहयोगको घोषणा गरेका छन् । 

उनले पीडितहरुको लागि १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग राशिको घोषणा गरेका छन् ।

गुरूङले सो सहयोग बाढी तथा पहिरो पीडितको उद्धार र राहतका लागि सरकारलाई प्रदान गर्ने जनाईएको छ । अविरल वर्षाको कारण देशव्यापी रुपमा बाढी तथा पहिरोले ठूलो जनधनको क्षति भएको छ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:०२
प्रतिक्रिया दिनुहोस्