ईलाममा जमानत जफत पछिको रास्वपाको पहिलो बैठक आज

शुक्रबार, वैशाख २१, २०८१

उपनिर्वाचनमा ईलाममा जमानत जफत भएपछिको रास्वपाको पहिलो बैठक आज बस्दैछ ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्ने भएको हो।

पार्टी कार्यालय वनस्थलीमा दिउँसो बस्ने बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सचिवालयले जनाएको छ । 

त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्