सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने, बेपत्ताका परिवारलाई  २ लाख दिने

सोमबार, असोज १४, २०८१

सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा परी १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो । 

यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । 

यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  २१:१२
प्रतिक्रिया दिनुहोस्