एमालेको सचिवालय बैठक आज बस्दै

मंगलबार, असोज १५, २०८१

नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाएका हुन्। बैठक अहिले बिहान ११ बजे बस्ने तय भएको छ । बैठकमा देशभर बाढीपहिरोले गरेको क्षति, उद्धार र राहतका सम्बन्धमा छलफल हुने जनाईएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्