सोसल मिडिया
युनिकोड
चाडबाड छेक सक्रिय बन्ने गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हित संरक्षण गर्न बजार अनुगमनलाई थप कडा बनाएको छ। विभागले हालै मात्र विभिन्न ३७ व्यवसायहरूमा अनुगमन गरी अनियमितता फेला परेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको हो।
मंगलवार ललितपुरको जावलाखेलस्थित हानकुक साराङ रेष्टुरेन्टलाई तीन लाख रुपैयाँ जरिवाना गरिएको छ भने आकाश फुड्सलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ। उपभोक्ता सुरक्षासम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि विभागले ती व्यवसायीलाई डण्डा बर्साएको हो।
बजार अनुगमनको क्रममा अन्य दर्जनौं पसल, उद्योग, र स्टोरहरूमा समेत अनियमितता भेट्टाउँदै जरिवाना र निर्देशन दिएको छ। उपभोक्ताको स्वास्थ्य र सुरक्षालाई ख्याल नगरी लापरवाही देखाएपछि उनीहरूलाई कडा चेतावनी दिइएको विभागले जनाएको छ।