सुनसरीमा बिहानैदेखि पानी दर्कियो

बुधबार, असोज १६, २०८१

पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासको क्षेत्रमा धेरै वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यस क्षेत्रमा थप वर्षा हुने पनि विभागले जानकारी दिएको छ । 

निरन्तर ठेलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ । 

यस क्षेत्रको होचो भू–भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्