अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित

बुधबार, असोज १६, २०८१

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ ।

बुधबार बसेको संसदीय सुनुवाइ समितिको यादवको नाम अनुमोदन गरेको हो ।

गत भदौ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गरेको थियो ।

पूर्वउपसभामुख समेत रहेकी यादव कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएकी थिइन् । समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिले नियुक्ति दिनेछन् ।

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्