सोसल मिडिया
युनिकोड
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सर्वोच्च अदालतबाट बिदा भएका छन्।
आफ्नो ६५ वर्षे उमेर हदका कारण असोज २० गते अनिवार्य अवकाशमा जाने भए पनि अदालतहरूमा घटनास्थापनादेखि नै बिदा हुने भएकाले श्रेष्ठले सेवाकालको अन्तिम दिन आज सर्वोच्च आलतमा बिताए। उनले प्रत्येक न्यायाधीश र कर्मचारीका कार्यकक्षमा पुगेर बिदामा गेका थिए।
त्यसपछि उनलाई सर्वोच्चका न्यायाधीश तथा कर्मचारीहरूले विशेष कार्यक्रम गरी बिदाइ गरेका थिए। न्यायालयका तर्फबाट वरिष्ठतम् प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मायाको चिनो प्रदान गरेका थिए।
गत वर्षको भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका उनले १३ महिनाभन्दा केही बढी न्यायपालिकाको नेतृत्व गरे। उनले ४२ वर्षभन्दा बढी समय न्याय सेवाम बिताए।
२०३८ चैत २७ गते कानुन मन्त्रालयको अस्थायी अधिकृतबाट सेवा प्रवेश गरेका उनी जिल्ला न्यायाधीश, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश, सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश भएका हुन्। उनलाई अन्तिम ‘क्याडर जज’का रूपमा पनि हेरिएको छ। किनभने, उच्च र सर्वोच्च अदालतमा सिधै न्यायाधीश नियुक्त गर्दा नै भावी प्रधानन्यायाधीशको रोलक्रममा राख्ने होडबाजीका कारण जिल्ला न्यायाधीशबाट उच्च हुँदै सर्वोच्च नेतृत्वमा पुग्ने सम्भावना क्षीण हुँदै गएको छ।
श्रेष्ठ बिदा भएकै दिन उनका उत्तराधिकारी प्रकाशमानसिंह राउत संसदीय सुनुवाइ समितिबाट भावी प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदित भएका छन्। अब राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गरेपछि असोज २० बाट न्यायालय प्रमुखको पदभार सम्हाल्नेछन्।