बाढी र पहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाए

बिहीबार, असोज १७, २०८१

असोज ११ र ११ मा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर काठमाडौँ उपत्यकामा मात्र ६६ जनाले ज्यान गुमाएका छन् । 

उपत्यकामा सबैभन्दा धेरै मृत्यु ललितपुरमा भएको छ । ललितपुरमा ४४ जना, काठमाडौँमा १७ जना र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरी प्रधान कार्यालयको अनुसार हालसम्म देशभर २३६ जनाको मृत्यु पुष्टि भएको छ । कोशी प्रदेशमा २० जना, मधेसमा ९ जना, बागमतीमा १३९ जना र लुम्बिनीमा २ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा पनि २ जनाको मृत्यु भएको छ । 

बाढी र पहिरोमा परेर १९ जना बेपत्ता भएका नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए । देशभरबाट सेना, सशस्त्र, प्रहरी र स्वयंसेवकहरूले १७ हजार १३१ जनाको उद्धार गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्