सोसल मिडिया
युनिकोड
अहिलेको चुनौतीको सामना गर्न पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने सुझबुझले कांग्रेस सभापति शेरबहादुर देउवा अचेल ग्रसित भएका छन्।
नेपाल लोकतान्त्रिक खेलकुद संघको १०औं स्थापना दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले उक्त कुराको महसुस भएको सुनाए। अहिले देशभित्र निकै चुनौती देखिएको भन्दै यसलाई सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिन भ्याए।
पछिल्ला दिनमा देउवा र उनी संग सभापतिमा पराजित शेखर वर्तमान सरकार गिराउन भित्र-भित्रै संयुक्त रूपमा सक्रिय भएर लागेका छन्। यो बीचमा शेखरले खुल्ला र भूमिगत गरी ओली संग आधा दर्जन पटक संवाद गरेका छन्। शेखरको सक्रियतालाई मलजल गर्न देउवाले त्यसरी बोलेको हुन सक्ने कांग्रेसजनको अड्कल छ। कथं शेखर प्रयोग गरेर प्रचण्ड सरकार गिराउन सके त्यसपछि प्रधानमन्त्री आफै हुनेमा देउवामा अलमल छैन। संविधानको गणितले पनि त्यसै नै भन्छ।
हुन पनि कोशीको मुख्यमन्त्री केदार कार्कीलाई बनाउने सवालमा ओली र सेखारको हिमचिम मिलेको थियो। त्यहि हिमचिममा टेकेर देउवा शेखर मार्फत ओलीको मन पगाल्न चहान्छन। शेखर र ओली बिचको बाक्लिदो संवादले पनि थोरबहुत त्यसको पुष्टी सम्म गरेको छ। तर फल लाग्छ या त फोस्रै हुन्छ त्यो भने समयले नै बताउने छ।