सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आजै शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेकाले यो नियमित बैठक हो ।
सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने निर्णय गर्ने बुझिएको छ। केही कर्मचारीको सरुवा समेत हुन सक्ने बताईएको छ।