सोसल मिडिया
युनिकोड
काठमान्डूको मुटु न्यूरोड क्षेत्रमा रहेका दुई व्यापारिक कम्प्लेक्स महानगरको नजरमा परेका छन्। ती कम्प्लेक्सले उदाहरणीय काम गरेर चाँही महानगरको नजरमा परेका भने होइनन्। ब्यापार गर्ने तर राजस्व छल्ने काममा लिप्त बनेपछि महानगरको नजर ती दुई कम्प्लेक्स तिर सोझिएको हो।
आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स)’ र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरलाई अहिलेसम्म बहाल कर तिरेका छैनन्। आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन भने पिपुल्स प्लाजाले नियमित तीन आर्थिक बर्षको कर सुकै तिरेको छैन। अझ बहाल कर त दुनैले दाखिला गरेकै छैनन्
महानगरको २२ वडामा पर्छन यी दुवै कम्प्लेक्स। महानगरलाई हरेक कोणबाट उचाईमा पुर्याउन लागिपरेका र लुकेको राजस्व खोतल्न थालेका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको राजस्व स्थलगत सुपरीवेक्षण तथा अनुगमन टोलीले कम्प्लेक्सको बदमासी फेला पारेको हो।
टोलीले कम्प्लेक्स सञ्चालकसँग कर सम्बन्धी विवरण माग्दा केही दिन नसकेपछि कम्प्लेक्स सञ्चालकलाई ७ दिनभित्र विवरण पेश गर्न र ३५ दिनभित्र वडा कार्यालयमा गएर वक्यौता तिर्न पत्र दियो ।
महानगरपालिकाको राजस्व विभागको ‘अनुगमन टोली परिचालन कार्यक्रम २०८०’ मा ३ प्रकारका राजस्व अनुगमन टोलीहरुको व्यवस्था गरिएको छ । एउटा वडा स्तरीय टोली छ । यसमा जनप्रतिनिधि, कर्मचारी, राजस्व विभागका कर्मचारी रहने व्यवस्था छ । अर्को केन्द्रमा राजस्व विभाग स्तरको टोली । यी दुवै टोलीले गरेका कामको अनुगमन गर्न प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा टोलीको व्यवस्था गरिएको छ ।
अनुगमनका क्रममा प्रमुख प्रशासकीय अधिकृत परियारले कम्प्लेक्स सञ्चालकहरुलाई, घर बहालमा लगाउँदा आर्जन हुने आयको १० प्रतिशत बहाल कर स्थानीय सरकारमा बुझाउनु पर्ने कानुनी व्यवस्था भएकोले यसैबमोजिम कर बुझाउन आग्रह गरे । अनुगमनका क्रममा वहाल सम्झौता, कर योग्य सम्पत्ति सम्बन्धी विवरण माग गरिएको थियो । आरबी कम्प्लेक्समा करिव ३१५ व्यवसायी र पिपुल्स प्लाजामा करिब १६० व्यवसायी छन् ।
महानगरपालिकाले बहाल करलाई व्यवस्थित गर्न तथा बहाल लिने र दिने बीचका सर्त व्यवस्थापन गर्न ‘वहाल व्यवस्था कार्यविधि’ जारी गरेको छ । यसबमोजिम कम्प्लेक्स सञ्चालकले व्यवसायीसँग सम्झौता गरेर आपसमा एक÷एक प्रति लिनुदिनु पर्छ । एक प्रति वडामा बुझाउनु पर्छ । अनुगमनका क्रममा यस व्यवस्थाको पालना पनि हेरिएको थियो । महानगरको राजस्व उठाउन राजस्व महाशाखा प्रमुख ध्रुब काफ्ले यसघि देखि नै निरन्तर लाग्दै आएका छन्।