लमजुङ जाँदै गरेको हाइलक्स पल्टियो, एक जना ठाउँको ठाउँ बिते

शनिबार, असोज १९, २०८१

काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स शिवपुरी ८ काफलडाँडामा दुर्घटनामा परेको छ।दुर्घटनाग्रस्त बा १४ च ३८५४ नम्बरको हाइलक्स गाडीमा ६ जना सवार थिए।

प्रहरीका अनुसार, दुर्घटनामा एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। त्यस्तै, हाइलक्समा सवार अन्य चार जना सकुशल रहेका छन्।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्