सोसल मिडिया
युनिकोड
अघिल्लो साता आएको बाढीले प्रभावित भएका परिवारलाई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले सहयोग गरेको छ। नेपालका राजनीतिक दललाई साक्षी राखेर मित्र राष्ट्र चीनको अन्तर्राष्ट्रिय विभागले ठुलो मात्रामा सहयोग गरेको हो।
काठमाडौं महानगरपालिका–१२ टेकुका ६० प्रभावित परिवारलाई राहत सामग्री प्रदान गरिएको हो । राहत सामग्रीमा यस कठिन समयमा उनीहरूलाई सान्त्वना दिन १४ प्रकारका खाद्यवस्तु र पारिवारिक किटहरू समावेश गरिएको थियो । कार्यक्रमले विपद्बाट सबैभन्दा बढी प्रभावित काठमाडौं र ललितपुरका १२ सय परिवारलाई सहयोग पुर्याएको छ।