सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारको पछिल्ला दिनमा चर्को आलोचना भएको छ। अघिल्लो साता आएको बाढीले बितण्डा मच्चाएपछि त्यसको उचित व्यबस्थापन, उद्दार र राहतमा सरकार चुकेको आरोप लागिरहेकै बेला ओली सरकारकै कतिपय मन्त्रीको उपस्थिति उति देखिएन। तर ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का भने आफू मातहतको मन्त्रालय संयन्त्रलाई चलायमान बनाएर लागि परिनै रहे। उनको कामको प्रशंशा समेत भएको छ।
तिनै मन्त्री खड्का शुक्रबारको साईत पारेर मन्त्रालयभित्र र मन्त्रालय परिसरभित्र आफै सरसफाईमा खटिए। मन्त्री नै झाडु बोकेर उत्रिएपछि कर्मचारी समेतले सो अभियानमा साथ् दिए।
सरसफाई गर्ने क्रममा मन्त्रालय, मन्त्रालय अन्तर्गत रहेका सबै कार्यालयलाई सफा राख्न आग्रह गर्दै कर्मचारीलाई सफा सुग्घर हुने र कार्यालयलाई चिटिक्क पार्न हौसला समेत प्रदान गरे।
मन्त्री खड्काले मन्त्रालय र यसअन्तर्गतका कार्यालयमा रहेका पुराना प्रयोगमा नआएका सवारी साधनलाई कानूनबमोजिम लिलामी प्रक्रिया अगाडि बढाउन समेत कर्मचारीलाई निर्देशन दिए ।
सरसफाईको सुरुवात गरिए पनि यसलाई निरन्तरता दिनुपर्नेमा मन्त्री खड्काले जोड दिए। हामी सबैलाई स्वस्थ्य राख्न सबैले सरसफाईमा ध्यान दिनुपर्ने मन्त्री खड्काको भनाई थियो । “भोलिका दिनमा साँच्चि नै मन्त्रालय सफा भएको अनुभूति आम सेवाग्राहीले महसुस गर्न पाउनुपर्छ,”– मन्त्री खड्काले भने ।
मन्त्रालयका सहसचिव शम्भुप्रसाद मरासिनीले मन्त्रीको नेतृत्वमा भएको सरसफाईले मन्त्रालयका सबै कर्मचारीलाई हौसला प्रदान गरेको बताउँदै आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिने बताए । उनले मन्त्रालयमात्र नभई देशभरका मन्त्रालय अन्तर्गत कार्यालयमा पनि सरसफाईलाई प्राथमिकता दिएर अगाडि बढ्ने उल्लेख बताए । हुन पनि देशको प्रशासनिक केन्द्र सिङ्गदरबार सफाई गर्ने पर्ने अवस्थामा पुगेको छ। मन्त्री खड्काको अभियान हरेक मन्त्रालयमा चल्नु पर्ने देखिन्छ।