सोसल मिडिया
युनिकोड
मनकारी र परोपकारी राजनीतिज्ञ शोभित उप्रेती समाजसेवा गर्नमा आत्मैदेखि उद्देलित हुने व्यक्तित्वको परिचयमा बाँधिएको धेरै भयो। यो बीचका उनले कतिको उपकार गरे जसको हिसाबकिताब नै छैन। बोल्ने भन्दा पनि ज्यादा काम गर्न रुचाउने राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का सहायक कोषाध्यक्ष उप्रेती सहयोग गर्न भने पछि सारा काम थाति राखेर जुटी हाल्छन। यो उनको पहिचान नै हो।
विपत्तिमा परेका जनताका दुःख र पीडाको आफैं अनुभूति गर्ने उप्रेती सहयोगी मनको भंगालो नै हुन्। उनको सक्रियतामा आजै मात्र काठमाडौं क्षेत्र नं. ११ वंशीघाट वस्तीका बाढीपीडितलाई खाद्यान्न वितरण गरिएको छ। पीडामा परेका जनतालाई सहयोग गर्न सरकारको मुख हेरेर वस्न नहुने बताउंदै उप्रेती सहितको टोलीले सकेको सहयोग वितरण गरेको हो।समाजसेवी उप्रेतीको सौजन्यमा ५८ घर परिवारलाई २५ केजीको एक बोरा चामल र १ किलो दाल वितरण गरिएको थियो । उक्त सहयोग वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य नविन शाही, बागमती प्रदेश अध्यक्ष भीमसेन पुरू, काठमाडौं क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्ष रामेश्वर श्रेष्ठ र राप्रपा वडा नं. ११ का अध्यक्ष विनोद दवाडीलगायत नेता कार्यकर्ताको उपस्थित रहेको थियो । राज्यले गर्नु पर्ने काम गर्दै आएका उप्रेतीको सहयोग पाएर पिडितहरुले उनी प्रति धन्यबाद ज्ञापन गरेका छन्।