भारतीय सेनाका मेजर जनरलले नेपालमा छ दिन सम्म के-के गरे ?

शनिबार, असोज १९, २०८१

बाढी पहिरोको बितण्डामा मुलुक अल्मलिएकै बेला भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगनको नेपाल भ्रमण सकिएको छ। ६ दिने नेपाल भ्रमण सकेर उनी उतै लागेका छन् । 

असोज १४ गते नेपाल भ्रमणमा आएका भारतीय गोर्खा राइफल्सका ‘कर्णेल अफ दी रेजिमेन्ट’ देवगणको ६ दिने भ्रमण सम्पन्न भएको काठमाडौँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालयमा भएको भेटमा नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबिचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ । 

त्यसअघि जनरल देवगनले पोखराको पनि भ्रमण गरेका थिए । पोखरामा उनी भूतपूर्व सैनिकहरुको र्‍यालीमा पनि सहभागी भएका थिए । सो क्रममा उनले वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्