उर्जा मन्त्री खड्काले ‘अनुभवका पाइलाहरू’ कृतिको गरे विमोचन

शनिबार, असोज १९, २०८१

सङ्खुवासभाको चैनपुरमा जन्मिएका वरिष्ठ समाजसेवी गङ्गा पन्तको ‘अनुभवका पाइलाहरू’ कृतिको एक समारोहकाबीच विमोचन गरिएको छ। आफ्नो जीवनमा भए/गरेका सङ्घषबारे लेखेको उक्त पुस्तकको शनिवार उर्जा मन्त्री दीपक खड्काले बिमोचन गरेका हुन्। खड्काको पनि गृह जिल्ला सङ्खुवासभा नै हो। 
    
कार्यक्रममा ऊर्जामन्त्री खड्काले मातृभूमिलाई माया गरेर आफ्नो जीवनमा गरेका सङ्घर्षलाई आगामी पुस्ताका लागि मार्गदर्शन बन्ने बताए।

‘माओवादी द्वन्द्वकालमा धेरै मानिसहरू आफ्नो जन्मभूमि छाडेर विभिन्न स्थानमा हिँडेको अवस्थामा लेखकले आफ्नो जन्मभूमिलाई सम्झेर पुस्तक लेख्नु अरूका लागिसमेत प्रेरणाको स्रोत बनेको छ’, मन्त्री खड्काले भने।

आफ्नो भूगोललाई सम्झेर लेखिएको पुस्तकले समाजप्रति उत्तरदायी बन्न पुस्तकले प्रेरणा प्रदान गरेको उनको भनाइ थियो  मन्त्री खड्काले मानिस भएर जन्मेपछि केही न केही सम्झने कुरा छाडेर जाँदा नयाँ पुस्तालाई खोज र अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पुस्तकका लेखक शाक्यले आफ्नो जीवनका भोगाइ र ग्रामीण जीवनशैलीलाई पुस्तकमार्फत प्रकाशनमा ल्याएको बताए। एक सय ५० वर्षपहिले ललितपुरको पाटनबाट बसाइँ सरेर सङ्खुवासभाको चैनपुरमा पुगेको शाक्य परिवारले गरेको योगदानलाई समेत पुस्तकमा समावेश गरिएको उनको भनाइ थियो। बिमोचनमा एमाले नेता पूर्व साम्सद राजेन्द्र गौतम लगायतको उपस्थिति थियो।

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  २२:२१
प्रतिक्रिया दिनुहोस्