यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, असोज २०, २०८१

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, दिनार, पाउन्डसहित सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको आज पनि विदेशी मुद्राहरुको कारोबार सोही मूल्यमा हुने छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा छ। 

हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा कायम भएको छ। 

आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। 

आज अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। त्यसैगरी कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा कायम भएको छ। 

आज बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा कायम भएको छ। Screenshot_2024-10-06_045608_867q3eCpxP-1728179787.png

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्