भुटानी राजपरिवारको मेजमानी खाएर यस्तै फर्किए पूर्वराजा ज्ञानेन्द्र

आइतबार, असोज २०, २०८१

चार दिने भुटान भ्रमण समाप्त गरी पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार स्वदेश फर्किएका छन्। भुटानी राजपरिवारको निमन्त्रणामा बिहीबार त्यसतर्फ प्रस्थान गरेका पूर्वराजा शाहलाई अघोषित रुपमा राजकीय सम्मान दिइएको थियो।

त्यहाँ रहँदा उनले आफूले अध्ययन गरेको दार्जिलिङको नर्थ पोइन्ट स्कूलमा आफ्ना केही सहपाठीसहित पूर्वविद्यार्थीहरूको भेलालाई समेत सम्बोधन गरेका थिए।

पूर्वराजा शाहको भुटान भ्रमणबारे आधिकारिक रुपमा भुटान तथा निर्मलनिवासका तर्फबाट आधिकारिक रुपमा केही नभनिएपनि यसको कुटनीतिक तथा राजनीतिक महत्त्वबारे नेपालमा अनेक अड्कलबाजी हुन थालेका छन्।

पूर्वराजा शाहको भ्रमण टोलीमा उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित उनको सचिवालयका सहयोगीहरू पनि सामेल थिए।

ड्रुक एयरलाइन्सको विमानबाट आज बिहान सभा ८ बजे उनी त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्